काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थाहरुको लागि छुट्टै नियामक निकाय आववश्यक रहेको बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १६ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
‘अहिले सहकारी संथाहरुले आफूलाई राष्ट्र बैंकले अनुगमन गरोस् भन्ने चाहेका छन् । राष्ट्र बैंकले राष्ट्र बैंक ऐनअनुसार सञ्चालन भएका बैंक तथा वित्तीय संस्थाको मात्रै अनुगमन गर्छ । तपाईंहरूको माग भनेको एक स्थानीय तहलाई हर्को तहले नियमन गर्नुजस्तै हो, त्यस्तो हुँदैन,’ उनले भने।
उनले सबै सहकारीलाई नियमन गर्न छुट्टै नियामक आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा मन्त्री खतिवडाले सहकारीलाई कम्पनीको मोडलमा नजान सुझाव दिएका छन् । उनले भने, ‘सहकारी कम्पनी मोडलमा जाने भए सहकारी मोडल छोड्नुपर्छ, दुईवटा नाउमा खुट्टा नराख्नुस्।’ उनले सहकारी बैंकलाई सहकारीको केन्द्रीय बैंकको रुपमा भूमिका खेल्न पनि सुझाव दिए।