आइतबार, चैत १, २०८२

ट्रम्पको पद धरापमा, महाअभियोग लगाउने प्रस्ताव पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव पारित भएको छ। हाउस अफ रिप्रिजेन्टिभ(तल्लो सदन)ले
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव पारित भएको छ।

National life

हाउस अफ रिप्रिजेन्टिभ(तल्लो सदन)ले उनलाई महाअभियोग लगाउने प्रस्ताव पारित गरेको हो ।

ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। बहुमत सदस्य उनको विपक्षमा उभिएसँगै महाअभियोग लगाउने प्रस्ताव पारित भएको हो ।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो । अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेको बीबीसीले जनाएको छ ।

तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको दुरूपयोग गरेको ठहर गरेको छ। यस्तै उनीमाथि दुई प्रकरणमा महाअभियोग लगाउन मिल्ने तल्लो सदनको ठहर छ।

Laxmi sunrise bank
kumari

पहिलो अधिकार दुरुपयोग गरेको विषयमा मतदान भएसँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पनि मतदानको सामना गर्नुपर्ने भएको छ । बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।

अब उनी संयूक्त राज्य अमेरिकाको राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो माथिल्लो सदन ’सिनेट’ले आगामी महिना लगाउने भएको छ। आउँदो जनवरी महिनामा ट्रम्पको विषय टुंगिने छ ।

योसँगै ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेश्रा राष्ट्रपति बनेका छन्।

प्रकाशित: Dec 19, 2019| 02:22 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।