सोमबार, भदौ १, २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुँच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०६ औंशाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल तथा उपप्रमुख ठाकुर कुमार विक, कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाल, प्रमुख व्यवसाय अधिकृत (मध्य पश्चिम क्षेत्र) सुनिल पोखरेल, शाखा प्रमुख लक्ष्मण मरासिनी तथा गुल्मी शाखा प्रमुख दिपक पोखरेल लगायतको उपस्थिति थियो ।

प्रकाशित: Dec 18, 2019| 05:51 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्