सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवा विकास बैंकको नयाँ शाआ बाग्लुङको हल्लनचोकमा

कामना सेवा विकास बैंकको नयाँ शाआ बाग्लुङको हल्लनचोकमा

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत बाग्लुङ नगरपालिका वडा नं. ३ स्थित हल्लनचोकमा मंसिर ३० गते आफ्नो १०८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए।

कार्यक्रममा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, समाजसेवी बलावति शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित: Dec 18, 2019| 05:46 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्