सोमबार, भदौ १, २०८३

‘होण्डा ह्विल अफ फर्चुन–३’का विजेता घोषित

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– होण्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम होण्डा ह्विल अफ फर्चुन ३ का विजेता घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्रमार्फत् चुनिएका १० जना भाग्यशाली विजेताहरुले ह्विल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।

बम्परमा सोहि लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई ह्विल अफ फर्चुर्न घुमाएर सालिकराम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख, सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर र बाबुराम सुनारले १–१ लाख नगद पुरस्कार जिते ।

यसैगरी अन्य विजेताहरुले निशुल्क थाइल्याण्ड र दुबई भ्रमणको प्याकेज जिते ।

प्रकाशित: Dec 18, 2019| 04:44 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्