सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तनहुँको दमौली र दुलेगौंडामा सिद्घार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

तनहुँको दमौली र दुलेगौंडामा सिद्घार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा मंसिर २५ गते दमौलीमा र मंसिर २६ गते दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै– व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर, एकीकृत कर प्रणाली, मूल्य अविवृद्घि कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

प्रकाशित: Dec 18, 2019| 04:40 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्