आइतबार, चैत १, २०८२

कोरियाका पूर्वसभामुख प्रधानमन्त्री बन्दै

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

सोल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले पूर्वसभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । पाँच वर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि उनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको जनाइएको छ ।

National life

मुख्य प्रशासनीक नेतृत्वदायी जिम्मेबारीलाई प्रधानमन्त्रीको रुपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन् ।
सफल व्यवसायी र बाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेबारी सफलतापूर्वक पूरा गरिसकेकाले उनले यो जिम्मेबारी पनि कुसलतापूर्वक पूरा गर्ने अपेक्षा गरिएको हो ।

उनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तीका लागि प्रस्ताव गरेको बताइएको छ ।

उनलाई अव संसदीय सुनावाई पछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने छ । प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उनी नै पहिलो व्यक्ति बन्नेछन् ।
रासस

प्रकाशित: Dec 17, 2019| 10:38 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।