आइतबार, चैत १, २०८२

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डकाे फैसला

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावाद हाइकोर्टले उनलाई यस्तो सजाय सुनाएको हो।

National life

पूर्वराष्ट्रपति मुसर्रफ दुबईमा उपचार गराइरहेका छन्। केही दिनअघि उनले भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था खराब रहेको बताएका थिए।

उनले संविधानको अवहेलना र गम्भीर देशद्रोहको अभियोगबारे भनेका थिए, ‘ममाथि लगाइएको अभियोग पूरै निराधार छ। देशद्रोहको कुरा छौडौं । मैले त देशको धेरै सेवा गरेँ । देशका पक्षमा युद्ध लडेँ।’ 

इस्लामावाद हाइकोर्टको तीन सदस्यीय इजलासले यस्तो फैसला सुनाएको हो।

परवेज मुसर्रफले अक्टोबर १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफविरुद्ध सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए । जून २००१ मा उनले सैन्य प्रमुखमा बहाल रहँदै आफैंलाई राष्ट्रपति घोषित गरेका थिए ।

Laxmi sunrise bank
kumari

सन् २००२ मा उनले गराएको एउटा विवादस्पद जनमतसंग्रहपछि उनी थप पाँच वर्ष राष्ट्रपति बने । सन् २००७ मा भने उनले आम निर्वाचन गराएर निर्वाचित राष्ट्रपति बनेका थिए ।

तर, उनको नेतृत्वमा भएको उक्त निर्वाचनलाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो ।

त्यसपछि, मुसर्रफले देशमा संकटकाल लागू गरे र प्रधानन्यायाधीश इफ्तिखार चौधरीलाई बर्खास्त गरेर नयाँ प्रधानन्यायाधीश ल्याए । नयाँ न्यायाधीशले उनलाई वैध घोषित गरेका थिए ।

यद्यपि, अर्को वर्ष पाकिस्तानका दुई मुख्य दलले उनी विरुद्ध महाभियोगको प्रस्ताव ल्याउने भएपछि मुसर्रफले राजीनामा गर्नु परेको थियो ।

लाहोरको विशेष न्यायालयले ३१ मार्च, २००१४ को एउटा देशद्रोहको मुद्दामा परवेज मुसर्रफलाई आरोपित बनाएको थियो । सन् २०१३ को आम निर्वाचनपछि पाकिस्तानको सरकारमा मुस्लिम लिगको नेतृत्व आएपछि मुसर्रफविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित: Dec 17, 2019| 07:30 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।