शनिबार, कात्तिक २९, २०८२

'बन्टी और बब्ली २’ मा मुलगी र सिद्धान्तकाे जाेडी

हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रोडक्सन हाउस यसराज फिल्मसले ‘बन्टी और बब्ली’ को सिक्वेल बनाउने भएको छ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रोडक्सन हाउस यसराज फिल्मसले ‘बन्टी और बब्ली’ को सिक्वेल बनाउने भएको छ। फिल्ममा बन्टी र बब्लीका रूपमा नयाँ जोडी देखा पर्ने भएका छन्।

National life

आदित्य चोपडाको ‘बन्टी और बब्ली २’ मा बन्टीका रूपमा देखा पर्नेछन् सिद्धान्त चतुर्वेदी। यस्तै बब्लीको रूपमा मुलगी सरवरीले अभिनय गर्नेछिन्। फिल्ममा अभिनय गराउन सरवरीलाई विगत एक वर्षदेखि प्रशिक्षण दिइएको छ।

यशराज फिल्म्सले पछिल्ला वर्षमा रणवीर सिंह, अनुष्का शर्मा र भूमि पेडनेकर जस्ता कलाकारलाई अवसर दिएको छ। विन्दास मुल्गीको प्रवेशलाई लिएर बलिउडमा नयाँ ट्रेन्ड सुरु गरिएको चर्चा हुन थालेको छ।

अर्को पक्ष के हो भने ‘बन्टी और बब्ली २’ मा यसराज फिल्म्सले नयाँ निर्देशकलाई पनि भित्र्याउँदै छ। फिल्म निर्देशन वरुण शर्माले गर्नेछन्। शर्माले यसराज फिल्म्सकै ‘सुल्तानु और, टाइगर जिंदा है’ मा सहायक निर्देशक भएर काम गरिसकेका छन्। ‘बन्टी और बब्ली २ को सुटिङका क्रममा वरुणले भने, ‘बन्टी और बबली २’ नयाँ जमानाको फिल्म हो।

सिद्धान्तले डेब्यू गरेको फिल्म ‘गली बॉय’ मा सानदार अभिनय गरेर सबैको मन जितेका थिए। यो फिल्ममा पनि सिद्धान्त र सरवरीको जोडी निकै जम्ने दाबी निर्माण पक्षको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2019| 07:18 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्