सोमबार, भदौ १, २०८३

नेपाल एयरलाइन्सलाई ‘लोकप्रिय अवार्ड’

 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं– नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गरेको छ। एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ का लागि नेपाल वायु सेवा निगमलाई लोकप्रिय एयरलाइन्सको अवार्ड प्रदान गरेको हो।

४५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो अवार्ड प्रदान गरिएको एशोसियसनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिएका छन्।

एशोसियसनले ४ वर्षदेखि पत्रकार, यात्रु तथा ब्लगरको समीक्षाका आधारमा अवार्ड प्रदान गर्दै आएको छ। यसअघि थाइ एयर र फिन एयरले यो अवार्ड पाइसकेका छन्।

वायुसेवा कम्पनीका कर्मचारीले विमानस्थलमा यात्रुहरुलाई गर्ने व्यवहार, उडानका क्रममा विमान कर्मचारीले गर्ने व्यवहार, यात्रु सेवा, खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत आधारमा यो अवार्ड प्रदान गरिन्छ।

प्रकाशित: Dec 17, 2019| 07:10 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्