सोमबार, भदौ १, २०८३

'नेपाल फाईभ पी एक्स्पो' हुने

नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ्संग सरोकार राख्ने व्यवसायको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं - नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ्संग सरोकार राख्ने व्यवसायको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

ब्यापार साझेदारी, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने उद्देश्यका साथ डिसेम्बर २० देखि २२ सम्म प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमार्फत संचालनमा आएका त्यस्ता उद्योग र व्यापार तथा व्यवसायलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गरिने आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीले खरिदकर्ता तथा व्यवसायीलाई पनि एकै ठाउँमा उभ्याउँदै उनीहरु बीच सिधा सम्पर्क प्रवद्र्धन गर्ने आयोजकले विश्वास लिएको छ।

भारतको पिएचडी च्यम्बर अफ कमर्स, नेपाल च्यम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् एसोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल प्रदर्शनीको सहयोगी भूमिकामा रहेका छन्।

छिमेकी मुलुक भारतलगायत युरोप, अफ्रिका र अन्य एसियाली मुलुकबाटसमेत प्रदर्शकहरुको सहभागिता रहने यस प्रदर्शनीको यस वर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमरो” रहेको छ।

नेपाल फाईभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउने नेपाल फाईभ पी एक्स्पो का आयोजक, फिउचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि, ईन्डिया र मिडिया स्पेस सोलुसन्स प्रालि नेपालले दाबी गरेका छन।

प्रकाशित: Dec 16, 2019| 12:10 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्