सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा अपाङ्ग बाल अस्पतालाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा अपाङ्ग बाल अस्पतालाई आर्थिक सहयोग

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र्रलाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी चिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई प्रदान गरे ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Dec 16, 2019| 11:20 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्