सोमबार, माघ ५, २०८२

‘हामी खुसी भयौँ तर गर्व गर्न लायक नतिजा निकालेनौँ’

खेलको पहिलो मिनेटमै नेपाली पोस्ट नजिकै थ्रो-इनको अवसर पाएको भारतले सहज सुरुवात गरेको थियो।
 |  बिहीबार, भदौ १७, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाल भारतको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टिम नेपालले भारतसँग १-१ गोलको बराबरी गरेको छ। जितको लक्ष्यका साथ मैदान उत्रिएको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टिमले ३६औं मिनेटमा अग्रता बनाए पनि भारतले दोस्रो हाफमा गोल फर्काएपछि खेल बराबरीमा रोकियो।

National life

दशरथ रंगशालामा नेपालका लागि फरवार्ड अञ्जन विष्टले गोल गरेपछि घरेलु टिमले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। तर उक्त अग्रता टिकाउन सकेन। कप्तान किरणले बचाएको प्रहारलाई भारतका अनिरुद्ध थापाले पुनः पोस्ट नजिकैबाट प्रहार गरेपछि गोलमा परिणत भएर खेल बराबरी आएको थियो।

‘किरणले राम्रो खेल प्रस्तुत गरेका हुन्। त्यसको बाबजुद हामीले गोल खायौँ,’ खेलपछि नेपालका प्रशिक्षक अलुमताइरीले भने। खेलको सुरुआतबाटै भारतले नेपालमाथि दबाब बनाएको थियो। खेलको पहिलो मिनेटमै नेपाली पोस्ट नजिकै थ्रो-इनको अवसर पाएको भारतले सहज सुरुवात गरेको थियो। 

खेलको २८ औं मिनेटमा पुजर उपरकोटीले प्रहार गरको बल भने पोस्टको दायाँ कर्नर नजिकैबाट बाहिरियो। खेलको ३२औं मिनेटमा भारतका ग्लान पिटर मार्टिन्सले फरवार्ड नवयुग श्रेष्ठमाथि फल गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले फ्री किक दिएका थिए। तर सो फ्रीकिक अन्जन विष्टले सिधै पोस्टमाथि प्रहार गरेका थिए।


Laxmi sunrise bank
kumari

तर विस्टल खेलको ३६औं मिनेटमा गोल गर्दै रंगशालामा घरेलु दर्शकलाई गोल उत्सव मनाउने अवसर प्रदान गरेका थिए। यसँगै नेपालले पहिलो हाफमा अग्रता बनायो। उनले भारतीय गोलकिपर गुरुप्रित सिंह सिन्धुलाई बिट गर्दै पोस्ट नजिकैबाट गोल गरे।

भारतीय टिमको डिफेन्डर चिङ्लेन्सन सिंह कोन्सामले गोलकिपरलाई दिएको ब्याक पासमा किपर झुक्किएपछि नेपाली खेलाडीले गोलको सहज अवसर पाएका थिए। भारतीय टिमको प्रशिक्षक स्टिमेक इगोले भने, ‘यो खेल सजिलो थिएन। मलाई लाग्छ फुटबल खेल्न रमाइलो हुन्छ तर हामीले सिल्ली मिस्टेक गर्‍यौँ। त्यसैले गोल भयो। त्यसको फाइदा उठाउँदै गोल गर्न विपक्षी सफल भयो।’

त्यसपछि दबाबमा आएको भारतीय टिमले निकै आक्रामक खेल प्रस्तुत गरेको थियो। इगोरले भने, ‘म दबाबरहित भएर खेलेँ। मसँगै खुसी हुनु भन्दा पनि दुखी हुने कारण धेरै छन्। यससँगै नेपाली टिमले निकै राम्रो अभ्यास गरिरहेको हामीले बुझेका छौं।’

यता नेपालका गोलकिपर किरण कुमार लिम्बूले फरवार्डको सहयोगमा काउन्टर अट्याक बनाउने दुई प्रयास गरे पनि सो प्रयास असफल भयो। पहिलो हाफका अन्तिम समयमा नेपालेको स्लो खेलको फाइदा भारतीय फरवार्डले लिन खोले पनि सकेका थिएनन्। पहिलो हाफको अन्तिम मिनेटमा तेज तामाङले गरेको प्रहार भने भारतका गोलकिपर सिन्धुले बचाएका थिए। 

दोस्रो हाफको ५०औं मिनेटमा नेपाली कप्तान किरणकुमार लिम्बू बल क्लियर गर्ने क्रममा डिबक्सबाहिर पुगेका थिए। सो क्रममा उनले हातले बल रोके पनि रेफ्री श्रेष्ठले उनीमाथि कार्ड प्रयोग गर्न आवश्यक ठानेनन्।

अलमुताइरीले भने, ‘गोल, सेभ गरेको त हो। त्यतिबेला गोल बाहिर जान्छ र फर्किन्छ। त्यसमा गोलकिपरको गल्ती मान्न मिल्दैन। संसारभरि यस्तै हुन्छ। त्यसैको आधारमा उनको ठाउँमा अर्को किपर राख्नुपर्छ भन्ने चाहिँ मिल्दैन। उनी उत्कृष्ट खेलाडी हुन्,’ अलमुताइरीले उनको प्रतिरक्षा गरे। 

खेलको ६१औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले प्रहार गरेको बल कप्तान किरण चेम्जोङले बचाए पनि अनिरुद्ध थापाले पुनः प्रहार गर्दै गोल गरेपछि खेल बराबरी भएको थियो। थापाको प्रहारलाई भने किरणले बचाउन सकेनन्।

खेलको ६५औं मिनेटमा प्रशिक्षक अलमुताइरीले एकैपटक मनिष डाँगी, सुनील बल र विशाल राईलाई मैदानमा उतारेका थिए। त्यसपछि पनि नेपालको प्रदर्शन उस्तै रह्यो। उनले आफ्नो खेल रणनीतिबारे भने, ‘मैले तीन तरिकामा खेलाएँ- एक टाइट डिफेन्स, बक्स टू बक्स प्ले र अट्याकिङ मिडफिल्ड।’

खेलको ७०औं मिनेटमा भारतका फरवार्ड सुनील क्षेत्रीको ठाउँमा विपिन सिंह मैदान छिरेका थिए। त्यसपछि खेलको ८२ औं मिनेटमा भारतका पिटर मार्टिन्सले पोस्टको नजिकैबाट गरेको प्रहार पो पोस्टबाट बाहिर गएको थियो। त्यस्तै निर्धारित समयको तीन मिनेटअघि रहिम अलीले पोस्टनजिकै प्रहार गरेपछि भारत अग्रता बनाउनबाट चुकेको थियो।


‘आजको खेलमा दुई अनुहार थियो। त्यसैले मैले सुरुमै परिवर्तन गरे,’ इगोरले भने, ‘दोस्रो हाफमा हामीले केही राम्रो खेल्यौँ। गोल पनि भयो।’

यता नेपालका गोलकर्ता अन्जन विष्टको ठाउँमा ७२औं मिनेटमा सुरज ठकुरी मैदान छिरेपछि पहिलो रोजाईको फरवार्ड लाइनमा रहेका तिनै खेलाडी विस्थापन भएका थिए।

अस्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा राष्ट्रिय टिमबाट डेब्यु गरेका आयुष घलान आजको खेलमा भने सुरुवाती रोजाइमा परेका थिए। अष्ट्रेलियाविरुद्ध उनीसँगै डेब्यू गरेका सुरज ठकुरी र कमल थापामध्ये ठकुरीले अन्तिम १८ मिनेट खेल्ने अवसर पाए तर थापाले पनि अन्तिम केही मिनेट खेल्ने अवसर पाएका थिए।

अलमुताइरीले आयुषको प्रयोगबारे पनि जवाफ दिएका छन्। उनले भने, ‘धेरै वा थोरै उमेर एक नम्बर मात्र हो। यसैको प्रतिफल हो आयुषको सुरुवाती खेल। उनले कुवेतमै आफ्नो करियर सुरु गरिसकेको छन्। अब खेलाडीले मैदानमा राम्रो प्रदर्शन गर्दै रमाउन सिकुन्।’ बिहीबारको खेलमा नितिन थापाले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका छन्। 

अन्तिममा नेपालका प्रशिक्षक अलमुताइरीले भने, ‘सरी, हामी खुसी भयौँ तर गर्व गर्नलायक नतिजा निकालेनौँ। हामीले साफ जित्नका लागि अझै राम्रो खेल्नुपर्छ। र, हामी खेल्न सक्छौं।’

भारतीय टिमको प्रशिक्षक इगोरले पनि आफ्नो टिमले अझै राम्रो खेल्न सक्ने बताएका छन्।


उनले नेपाली टिमको परिवर्तन देख्न पाएको पनि बताए। उनले भने, ‘हामीले अझै राम्रो खेल्न सक्छौं। नेपाली टिमको काउन्टर अट्याक र टाइट डिफेन्स थियो। नेपालका कोचले टिमलाई परिवर्तन गराइरहेका छन्।’

प्रकाशित: Sep 02, 2021| 20:49 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।