सोमबार, भदौ १, २०८३

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। गत दुई हप्ता लगातार बढेको बजार यस साताको सुरुका दुई दिन नै ओरालो लागेको छ। आइतबार ४.७८ अंकले ओरालो लागेको बजार आज १३.७५ अंकले घटेर ११५४.११ अंकमा अडिएको छ।

यसदिन निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १७२.०९ अंकले घटेकोे छ। साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि १३६.५३ अंकले ओरालो लागेको छ।

सोमबार दिनभर १६६ कम्पनीको १३ लाख कित्ता सेयर ४० करोड बराबरको किनबेच भएको नेप्सेले जनाएको छ। आज अघिल्लो दिन न्दा निकै कम रकमको कारोबार हुन पुग्यो। अघिल्लो दिन ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ४० करोड ७९ लाख रुपैयाँको मात्र कारोबार भएको छ।

यसदिन एनएमबी बैंक, स्वालम्बन लघुवित्त, एनआइसी एशिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ। बढी कमाउने कम्पनीहरुमा दिव्यश्वरी हाइडाेपावर, युनियन हाइडाेपावर, सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेका छन्। त्यस्तै गुमाउनेहरुमा हिमालयन पावर पार्टनर, माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था, राष्ट्रिय बीमा कम्पनी लगायतका लगानीकर्ताहरु रहेका छन्।

प्रकाशित: Dec 16, 2019| 10:11 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्