मंगलबार, असोज २७, २०८३

सनराइज बैंकको ३ अर्बबराबरको ऋणपत्र बिक्री

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ । उक्त ऋणपत्र छिटोमा २०७६ कात्तिक २४ गते ढिलोमा २०७६ मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो । १०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६ मंसिर २४ गते सम्ममा पूर्ण बिक्रि भएको बैंकले जनाएको छ।

सर्वसाधारण निष्कासनको सार्वजनिकतर्पmबाट रु.४५३,८२९,००० बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट व्यक्तिगततर्फ रु.२,५४६,१७१,००० बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।

यससँगै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, बैंकहरुले आफ्नो प्राथमिक पँुजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सनराइज बैंकले पूरा गरेको छ ।

प्रकाशित: Dec 16, 2019| 05:51 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्