मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाडौंको भङ्गालमा

कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाडौंको भङ्गालमा

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं०८ स्थित भङ्गालमा यही मंसिर२९ गते आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश परेका थिए ।

 

प्रकाशित: Dec 16, 2019| 05:45 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्