सोमबार, असोज २६, २०८३

एनआईसी एशिया बैंकको एकैसाथ दुई नयाँ शाखा

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।

मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे समुद्घाटन एन आई सी एशिया बैंक लि का उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेजराज तिमिल्सिनाले गरे । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Dec 16, 2019| 05:35 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्