मंगलबार, असार २३, २०८३

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले १-१ गोलको बराबरी गरेका हुन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले १-१ गोलको बराबरी गरेका हुन्।

सुरुवाती अग्रता गरेको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन नसक्दा खेलमा बराबरी भएको हो। कोभिड महामारीपछि घरेलु मैदानमा दर्शकसामु खेलको ३६औं मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई बराबरीको स्थितिमा फर्काएका थिए। आइतबार पनि नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल हुने तय भएको छ। 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल-भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।अक्टोबर १ देखि १६ साफ आयोजना हुने छ। ्

प्रकाशित: Sep 02, 2021| 19:37 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।