मंगलबार, असार २३, २०८३

पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

नेपाल इन्डियाको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ। नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाल इन्डियाको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ। नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्।

सुरुआतबाटै इन्डियाले नेपालमाथि दबाब बनाएको थियो। खेलको पहिलो मिनेटमै नेपाली पोस्ट नजिकै थ्रो इनकोअवसर पाएको इन्डियाले सहज सुरुआत गरेको थियो।

खेलको २८औं मिनेटमा पुजर उपरकोटीले प्रहार गरको बल भने पोस्टको दायाँ कुना नजिकैबाट बाहिरिएको थियो।

खेलको ३२औं मिनेटमा इन्डियाका ग्लान पिटर मार्टिन्सले फरवार्ड नवयुग श्रेष्ठमाथि फल गरेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले फ्री किक दिएका थिए। तर सो फ्री किक अन्जन विष्टले सिधै पोस्टमाथि प्रहार गरे।

यता खेलको ३६औं मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। उनले इन्डियन गोलकिपर गुरप्रिरत सिंह सिन्धुलाई बिट गर्दै पोस्ट नजिकैबाट गोल गरे।

इन्डियन टिमको डिफेन्डर चिङ्लेन्सन सिंह कोन्सामले गोलकिपरलाई दिएको ब्याक पासमा किपर झक्किएपछि नेपाली खेलाडीले गोलको सहज अवसर पाएका थिए।

त्यसपछि दबाबमा आएको इन्डियन टिमले निकै आक्रामक खेल प्रस्तुत गरेको थियो। यता नेपालका गोलकिपर किरण कुमार लिम्बूले फरवार्डको सहयोगमा काउन्टर अट्याक बनाउनले दुई प्रयास गरे पनि सो प्रयास असफल भयो।

यससँगै पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ। पहिलो हाफका अन्तिम समयमा नेपालेको स्लो खेलको फाइदा इन्डियन फरवार्डले लिन खोले पनि सकेनन्।

खेलको अन्तिम मिनेटमा तेज तामाङले गरेको प्रहार भने इन्डियाका गोलकिपर सिन्धुले बचाए।

आष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा मात्र मैदान छिरेका आयुष घलाने आजको खेलमा भने सुरुआति रोजाइमा परेका थिए। उनीसँगै मैदान प्रवेश गरेका सुरज ज्यु ठकुरी  र कमल थापाले भने सुरुआति रोजाइको अवसर पाएनन्।

प्रकाशित: Sep 02, 2021| 18:23 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।