सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेड आईबीसीबाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड आईबीसीबाट सम्मानित

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसन (आइबीसी)ले एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्ष भरिनै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका थिए ।

प्रकाशित: Dec 15, 2019| 04:26 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्