मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुटसम्बन्धी सम्झौता

एनआईसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुटसम्बन्धी सम्झौता

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रा. लि. बीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम रु. ४०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत न्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरे ।

प्रकाशित: Dec 15, 2019| 04:05 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्