बिहीबार, चैत १२, २०८२

पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार

दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँ उपचार प्रविधि शुरु गरिएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

डोटी- दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँ उपचार प्रविधि शुरु गरिएको छ।

National life

जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरिएको छ।

लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको भीड हुने गरेको छ।

कार्यालयका कविराज विद्या घिमिरे देउवाले भनिन्, ‘रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए भने रकम भएकाहरु धेरै टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए, अहिले हामीले घरैमा सेवा दिन थालेपछि उनीहरुको चाप बढेको हो।’

जिल्ला आयुर्वेदका कविराज विद्या घिमिरे देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी भेटिएका छन्।

Laxmi sunrise bank
kumari

उनले थपिन्, ‘हामी कहाँ परीक्षण गराउन आउने अधिकांशमा पत्थरी तथा करीब ३५ देखि ४० प्रतिशत बाथरोगका बिरामी भेटिन्छन्।’

पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिक रुपमा सुधार हुँदै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताईन्।

उनले भनिन्, ‘बिरामी भएको वर्षौँ भइसकेको थियो उपचार गराउन पाएकी थिएन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको र निको भएको महसुस गरेकी छु।’

कठायत जस्तै अर्का बाथरोगी गणेश साहुले पनि आफूले पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर, ढाड दुख्ने समस्या निको हुन थालेको बताए।

कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधि भनेको तेल, विभिन्न जडीबुडी, घृत तथा मह पकाएर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो। यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो।

यो प्रविधि लागू भएपछि अहिले बाथरोगीहरुको उक्त कार्यालयमा दैनिक १५ देखि २० जनासम्मको भीड लाग्ने गरेको बताइएको छ। बाथरोग वंशाणुगत क्रमले सर्ने भएकाले उपचार पश्चात् बाथरोग पूर्ण तया निको हुने सो कार्यालयका वैद्य विजक्रम कठायतको दाबी छ।

बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखि एक वर्षसम्म समय लाग्न सक्नेसमेत उनको भनाइ छ। रासस

प्रकाशित: Dec 14, 2019| 11:11 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्