शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आन्ध्र प्रदेशमा ‘दिशा विधेयक’: बलात्कारीलाई २१ दिनभित्र मृत्युदण्ड

आन्ध्र प्रदेशमा ‘दिशा विधेयक’: बलात्कारीलाई २१ दिनभित्र मृत्युदण्ड

भारतको आन्ध्र प्रदेश विधानसभाले शुक्रबार एउटा महत्वपूर्ण विधेयक पारित गरेको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

एजेन्सी- भारतको आन्ध्र प्रदेश विधानसभाले शुक्रबार एउटा महत्वपूर्ण विधेयक पारित गरेको छ।

National life

‘दिशा विधेयक’ नाम दिइएको उक्त विधेयकले अब महिला हिंसाका घटनामा २१ दिनभित्र छिनोफानो गराउनेछ।

नयाँ विधेयकमा बलात्कारीलाई जन्मकैददेखि मृत्युदण्डसम्मको व्यवस्था गरिएको छ। विधेयकमा राखिएको ‘दिशा’ नाम तेलंगना राज्यको हैदरावादमा बलात्कारको शिकार बनेकी एक युवतीको नामबाट राखिएको हो।

यो विधेयक पारित भएपछि बन्ने कानूनले बलात्कारको मामिलामा अदालतलाई २१ दिनभित्र अन्तिम फैसला गराउन बाध्य पार्नेछ। २१ दिनभित्र गर्ने फैसलामा सामान्य सजायदेखि जन्मकैद र मृत्युदण्डको सजाय हुन सक्नेछ।

विधेयकअनुसार प्रहरीले यस्तो मामिलामा ७ दिनभित्र अनुसन्धान पुरा गर्नुपर्ने छ।
त्यस्तै विशेष अदालतले १४ दिनभित्र सुनुवाई गर्नुपर्नेछ भने सबै प्रक्रिया २१ दिनभित्र सम्पन्न गरेर दोषीले कारवाही भोग्नुपर्नेछ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीकाअनुसार यो विधेयक तेलंगना राज्यकी युवतीको बलात्कारपछिको हत्याबाट प्रभावित भएर ल्याइएको हो। बलात्कारमा संलग्नलाई उम्किन नदिन र पीडितले न्यायको अनुभूति गर्न यो विधेयक आवश्यक थियो।

अहिलेको कानूनमा बलात्कारका आरोपीहरुले जम्मा ३–५ वर्षको जेल सजाय पाउँदै आएका थिए।

यस्तो विधेयक पारित भएपछि आन्ध्र प्रदेशका मुख्यमन्त्री रेड्डीको भारतभर तारिफ भइरहेको छ। महिला अधिकारकर्मीहरुले उनको तारिफ गर्दै कानुन कार्यान्वयनका लागि सचेत गराएका छन्।

भारतमा एक वर्षमा हजारौं बलात्कारका घटना हुने गरेका छन्।
सन् २००८ मा २१ हजार बलात्कारका घटना सार्वजनिक भएका थिए। सन् २०१६ मा आईपुग्दा बलात्कारका करिब ४० हजार घटना सार्वजनिक भएका छन्।

प्रकाशित: Dec 14, 2019| 09:05 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।