काठमाडौं- भारतविरुद्ध नेपालले एक गोल गरेको छ। दशरथ रंगशालामा जारी नेपाल-भारत फुटवलमा नेपालले गोल गरेको हो। खेलमा अञ्जन विष्टले भारतविरुद्ध पहिलो गोल गरेका हुन्।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन्।
चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन्।
खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिएका थिए। आठौं मिनेटमा लिस्टन कोलाकोले मैदानको मध्यभागबाट बल अघि बढाउदै गरेको क्रसमा नेपाललाई कुनै खतरा भएन।
२४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे। २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जर्ज गर्न सकेन। २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बनेको थियो।