मंगलबार, असार २३, २०८३

भारतविरुद्ध अञ्जन विष्टले गरे नेपालका लागि पहिलो गोल

दशरथ रंगशालामा जारी नेपाल-भारत फुटवलमा नेपालले गोल गरेको हो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- भारतविरुद्ध नेपालले एक गोल गरेको छ। दशरथ रंगशालामा जारी नेपाल-भारत फुटवलमा नेपालले गोल गरेको हो। खेलमा अञ्जन विष्टले भारतविरुद्ध पहिलो गोल गरेका हुन्। 

दशरथ रंगशालामा बिहीबार भएको खेलमा अन्जन विष्टले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएका हुन्।

चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन्।

खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिएका थिए। आठौं मिनेटमा लिस्टन कोलाकोले मैदानको मध्यभागबाट बल अघि बढाउदै गरेको क्रसमा नेपाललाई कुनै खतरा भएन।

२४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे। २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जर्ज गर्न सकेन। २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बनेको थियो। 

प्रकाशित: Sep 02, 2021| 18:09 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।