सोमबार, भदौ १, २०८३

सेना सवार बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्। ना६ख ४०४ नंको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। बसमा ४० जना नेपाली सेना सवार थिए। दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 14, 2019| 03:52 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।