शुक्रबार, जेठ १, २०८३

असमको तनावले जापानी प्रधानमन्त्रीको भारत भ्रमण रद्ध

जापानी प्रधानमन्त्री सिन्जो आबेले भारत भ्रमण रद्ध गरेका छन्। भारतमा नागरिकता संशोधन सम्बन्धी विधेयकको देशभर भइरहेको विरोधका कारण जापानी प्रधानमन्त्री आबेले भारत भ्रमण रद्ध गरेका हुन्।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- जापानी प्रधानमन्त्री सिन्जो आबेले भारत भ्रमण रद्ध गरेका छन्।

National life

भारतमा नागरिकता संशोधन सम्बन्धी विधेयकको देशभर भइरहेको विरोधका कारण जापानी प्रधानमन्त्री आबेले भारत भ्रमण रद्ध गरेका हुन्।

नागरिकता संशोधन विधेयकका कारण भारतको उत्तर पूर्व राज्यहरुमा केही दिनदेखि हिंसात्मक प्रदर्शनहरु भइरहेका छन्। प्रदर्शनका कारण असममा २ जनाको मृत्यु भएको छ।

गुवाहाटीमा केही दिनदेखि कफ्र्यु जारी छ भने १० वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ।

निर्धारित समयअनुसार जापानी प्रधानमन्त्री आबे भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमण गर्ने कार्यक्रम थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले अब आबेको भ्रमण दुबै देशको सहमतिमा अर्को मितिमा तय गरिने बताएका छन्।

उनको भारत भ्रमणमा दुई देशबीच सहयोग आदान प्रदान एवम् असममा यसै वर्ष जापानले निर्माण सुरु गरेका केही भौतिक संरचनाहरुको अनुगमनको कार्यतालिका थियो। दुबै प्रधानमन्त्री असम जाने कार्यक्रम रहेको थियो।

प्रकाशित: Dec 13, 2019| 12:52 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।