सोमबार, भदौ १, २०८३

४०.७३ अंकले उकालो लाग्यो नेप्से

गत सातादेखि सुधार आएको सेयर बजार निरन्तर उकालो लागिरहेको छ। यससाता सेयर बजार परिसुचक (नेप्से) ४०.७३ अंकले उकालो लागेर ११७२.६४ अंकमा अडिएको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- गत सातादेखि सुधार आएको सेयर बजार निरन्तर उकालो लागिरहेको छ। यससाता सेयर बजार परिसुचक (नेप्से) ४०.७३ अंकले उकालो लागेर ११७२.६४ अंकमा अडिएको छ।

गत साता नेप्से परिसुचक २० अंकले उकालो लागेको थियो। नेप्सेसँगै सेयर कारोबार रकममा पनि सुधार आएको छ।

अघिल्लो साता कूल करिब १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा यस साता करिब २ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

यस साता बीमा र लघुवित्त कम्पनीले धेरै कमाएका छन्। अन्य समूहको तुलनामा बीमा र लघुवित्त कम्पनीहरुले धेरै लाभांस दिने घोषणा गरेका कारण पनि लघुवित्तको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यसअघि २०७३ साउन १२ गते नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो। त्यसपछि बजार विस्तारै ओरालो लाग्दै ११०९ अंकमा आएको थियो।

यस साता सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक लगायतको सबैभन्दा बढी रकम बराबरको कारोबार भएको छ।

त्यस्तै सेयर कारोबारको हिसाबले हेर्दा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, नेपाल बैंक लिमिटेड, लुम्बीनी विकास बैंक लगातका कम्पनीको सबैभन्दा बढी करोबार भएको छ।

यस साता ओरेन्टल होटलको ५ लाख ३७ हजार १८५ कित्ता बोनस सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ।

प्रकाशित: Dec 13, 2019| 10:26 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्