काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ।
बिहीबार नेपाली बजारमा छापावाल प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भएको हो।
नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
त्यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ८ हजार ५ सयका दरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार चाँदीको मूल्यमा भने कुनै फेर बदल भएको छैन। चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।