काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ।
राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मध्येका हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकहरु मध्येका हुन्।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन्।
राउत र थापालाई बिहीबार एक कार्यक्रमका बीच एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले सातामा रु १०० वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्।