आइतबार, चैत १, २०८२

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई बहुमत, लेबर निराश

बेलायतको आम चुनावमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- बेलायतको आम चुनावमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ।

National life

संसदको ६५० सिटका लागि भएको निर्वाचनमा बहुमतका लागि आवश्यक ३२६ सिट संख्या भन्दा बढी स्थानमा कन्जर्भेटिभ पार्टीका सांसद निर्वाचित भइसकेका छन् । उसले ३६३ स्थानमा विजय हासिल गर्ने अनुमान गरिएको छ।

आफ्ना पारम्परिक सिट समेत गुमाएको विपक्षी लेवर पार्टीको सिट संख्या घटेर करिब २०० सम्म झर्ने बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई प्राप्त नयाँ जनादेशले बेलायतलाई यूरोपेली संघ (यूरोपियन युनियन) बाट अलग गराउने ब्रेग्जिट सम्झौता लागू गराउन सहयोग पुगेको बताएका छन्।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले चुनावी परिणामप्रति अफसोच प्रकट गर्दै यो पार्टीका लागि निराशाजनक रहेको बताएका छन् ।

Laxmi sunrise bank
kumari

विश्लेषकहरुका अनुसार सन् २०१६ मा ब्रेग्जिटका लागि प्राप्त जनादेशको कदर नगरेको भन्दै लेबर पार्टीलाई बेलायती नागरिकहरुले मत दिएनन् ।

सन् २०१६ मा बेलायतमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले ब्रेग्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले यसको विरोध गरेका थिए।

बेलायतमा पछिल्लो पाँच वर्षभित्रै भएको यो तेस्रो निर्वाचन हो । यसअघि सन् २०१५ र सन् २०१७ मा पनि आम निर्वाचन भएका थिए ।

बेलायतको करिब १०० वर्षको इतिहासमा डिसेम्बर महिनामा भएको यो पहिलो निर्वाचन हो।

प्रकाशित: Dec 13, 2019| 05:42 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।