काठमाडौं– युरोपेली देशमा निर्मित छालाका सामग्रीको बिक्री गर्दै आएको सुप्रिम फेसन लण्डनले विहीबारदेखि पुल्चोकमा नया“ आउटलेट संचालनमा ल्याएको छ। ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘सुप्रिम फेसन लन्डन’को गायक योगेश्वर अमात्यले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
एक दशकभन्दा लामो समयदेखि बेलायतमा विभिन्न व्यवसाय संचालन गर्दै आएका दीपेन्द्र बस्नेत तथा सुफल ठकुरीलगायतका युवाहरुले बेलायती ब्राण्डका सामानहरु नेपाली उपभोक्तालाई उपलब्ध गराउनका लागि ‘सुप्रिम फेसन लण्डन’ सञ्चालन गरेका हुन्।
सञ्चालक बस्नेतले आफ्नो पसलमा गुणस्तरीय सामानहरु शुपथ मूल्यमा उपलब्ध गर्दै आएको बताए। ‘हामीले विदेशमा निर्मित उच्च गुणस्तरका सामानको नेपालमा बिक्री थालेका हौं,’ उनले भने, ‘हाम्रा आउटलेटबाट बिक्री भएका सामान सतप्रतिशत ब्राण्डेड हुन्।’
विश्व बजारका चर्चित ब्राण्डमा नेपालीको सहज पहुँच होस् भनेर लबिम मलमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको सुप्रिम फेसन लण्डनका निर्देशक शुफल ठकुरीले बताए। उनले भने, ‘अब नेपालीहरुले ब्राण्डेड सामान सुपथ मूल्य र सहज रुपमा नेपालमै उपभोग गर्न पाउनेछन्।’ उनका अनुसार नया“ आउटलेट सुरुवातको अवसरमा ३ दिनसम्म २० प्रतिशत छुटसमेत दिइनेछ।
आउटलेटमा एनपिएस र युएल ब्राण्डका जुत्ता तथा चप्पल, सिपाही उन्ड कम्पनीको इको लक्जरी लेदर बेल्ट, ओवनवेरी ब्राण्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्राण्डका बेबी सुज बिक्रीका लागि राखिएको छ । त्यसका साथै टर्कीको क्यालिजियो बान्डका उत्पादन यूरोपकै मूल्यमा उपलब्ध हुने समेत सञ्चालकले बताए।