बिहीबार, वैशाख ३१, २०८३

बहुपति प्रथाका विषयमा बन्यो 'सहायक श्रीमान्' फिल्म

कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ ।

National life

भूकम्पमा आधारित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक एवं पत्रकार गणेश पाण्डेले ‘सहायक श्रीमान्’ नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका हुन्।

कूल ३५ मिनेटको सो वृत्तचित्र काठमाडौँमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार (आज) प्रदर्शन गरिदैँछ ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।

चार वर्षको मेहनत र अनुसन्धानबाट फिल्म तयार गरिएको साइन मिडिया प्रालिकी निर्माता शारदा गैरेले बताइन् ।

 

प्रकाशित: Dec 13, 2019| 02:06 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्