मंगलबार, असार २३, २०८३

भारतविरुद्ध यस्तो छ नेपालको प्लेइङ ११

उनले फर्वार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई उतारेका छन् भने सुमन अर्याल, गौतम श्रेष्ठ अनन्त तामाङ दिनेश राजवंशी डिफन्समा छन्। यस्तै तेज तामाङ, पुजन उपरकोटी र सुमन लामा मिडफिल्डमा रहनेछन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाली टिमका मुख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्।

उनले फर्वार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई उतारेका छन् भने सुमन अर्याल, गौतम श्रेष्ठ अनन्त तामाङ दिनेश राजवंशी डिफन्समा छन्। यस्तै तेज तामाङ, पुजन उपरकोटी र सुमन लामा मिडफिल्डमा रहनेछन्।

नेपाली टिमका सफल र उत्कृष्ट डिफेन्डर रोहित चन्द व्यवसायिक फुटबलका क्रममा इन्डोनेसियमै भएका कारण उनी इन्डियाविरुद्धको खेलमा उपस्थित हुने छैनन्।

यता, नेपाली टिमको कप्तानी गोलकिपर किरण कुमार लिम्बूले सम्हाल्नेछन्। यसबाहेक टिमका खेलाडी १२ बेञ्चमा छन्।

आजको खेल साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।

नेपाली टिमः

गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, राजन गुरुङ, सुमन अर्याल, दिनेश राजवंशी र गौतम श्रेष्ठ

मिडफिल्डरः विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, पुजन उपरकोटी

फरवार्डः मनिष डाँगी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा


प्रकाशित: Sep 02, 2021| 16:51 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।