काठमाडौं- नेपाली टिमका मुख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्लेइङ ११ सार्वजनिक गरेका छन्।
उनले फर्वार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई उतारेका छन् भने सुमन अर्याल, गौतम श्रेष्ठ अनन्त तामाङ दिनेश राजवंशी डिफन्समा छन्। यस्तै तेज तामाङ, पुजन उपरकोटी र सुमन लामा मिडफिल्डमा रहनेछन्।
नेपाली टिमका सफल र उत्कृष्ट डिफेन्डर रोहित चन्द व्यवसायिक फुटबलका क्रममा इन्डोनेसियमै भएका कारण उनी इन्डियाविरुद्धको खेलमा उपस्थित हुने छैनन्।
यता, नेपाली टिमको कप्तानी गोलकिपर किरण कुमार लिम्बूले सम्हाल्नेछन्। यसबाहेक टिमका खेलाडी १२ बेञ्चमा छन्।
आजको खेल साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।
नेपाली टिमः
गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, राजन गुरुङ, सुमन अर्याल, दिनेश राजवंशी र गौतम श्रेष्ठ
मिडफिल्डरः विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, पुजन उपरकोटी
फरवार्डः मनिष डाँगी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा
-1630580866.jpg?p=480X320&s=4117687751f71cab062b6a8cc866c917)