शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अयोध्या आदेश : सर्वोच्च अदालतद्वारा सबै पुनरावेदन अपिल खारेज

अयोध्या आदेश : सर्वोच्च अदालतद्वारा सबै पुनरावेदन अपिल खारेज

भारतीय सर्वोच्च न्यायालयले विवादास्पद भनिँदै आएको अयोध्यास्थित बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउन पाउने सर्वोच्च न्यायालयको आदेशविरूद्ध परेका सम्पूर्ण पुनरावेदनलाई खारेज गरिदिएको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

नयाँ दिल्ली - भारतीय सर्वोच्च न्यायालयले विवादास्पद भनिँदै आएको अयोध्यास्थित बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउन पाउने सर्वोच्च न्यायालयको आदेशविरूद्ध परेका सम्पूर्ण पुनरावेदनलाई खारेज गरिदिएको छ।

National life

प्रमूख न्यायाधीश एस.ए. बोब्दे, न्यायाधीशहरु डि. वाई. चन्द्रचुड, अशोक भुषण, एस. ए. नजीर र सन्जिव खन्नाको संयुक्त ईजलाशले सम्पूर्ण पुनरावेदन खारेज गरेको हो।

भारतको सरकारी समाचार केन्द्र पिटिआईका अनुसार अदालतको यस निर्णयसंगै उक्त मुद्दा उपर परेका सबै अठार वटै याचिकाहरू रद्ध भएका छन्। ति याचिकाहरूमा यथेष्ठ प्रमाण र बलियो दाबी नरहेको अदालतको जिकिर छ।

यसअघि गत नोभेम्बरमा ऐतिहासिक राम मन्दिर परिसरमा सोह्रौं शताब्दीमा मुस्लिम बादशाह बाबरद्वारा निर्मित मस्जिदको स्थानमा राम मन्दिर बन्नुपर्ने निर्णय सर्वोच्चले जारी गरेको थियो। जसको चौतर्फी विरोध भइरहेको छ। उक्त मस्जिदका लागि उपयुक्त स्थानमा पाँच एकड जमिन प्रदान गर्न पनि अदालतले आदेश दिएको थियो। अदालतको यस्तो आदेशसंगै उत्तर भारतका अधिकांश मुस्लिम बाहुल्यता भएका क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

 

प्रकाशित: Dec 12, 2019| 14:39 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।