आइतबार, चैत १, २०८२

इजरायलमा एक वर्षमै तेस्रो आमनिर्वाचन

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

एजेन्सी– बुधवार मध्य रातिसम्मको म्याद सकिँदा पनि इजरायली संसदमा मुख्य दुई ठूला दलले सरकार बनाउन नसकेपछि एक वर्षमै तेस्रो पटक संसदीय निर्वाचन हुने भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आगामी मार्चमा त्यहाँ अर्को आमनिवार्चन हुनेछ। केनसेट भनिने इजरायली संसदले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बाध्यता छ।

National life

वर्तमान प्रधानमन्त्री बेन्जामिन न्यातान्याहु र उनको विरोधी दल बेन्नी गान्च मिलिजुली सरकार बनाउन असमर्थ भएपछि संसद बुधबार राति स्वतः विघटन हुन पुगेको हो। हाल त्यहाँ कामचलाउ सरकार छ।

गत सेप्टेम्बरमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री न्यातान्याहुको लिकुड पार्टी तथा गान्चको ब्लु एण्ड ह्वाइट पार्टीले हासिल गरेको जनमतले कुनै पनि दललाई सरकार बनाउन तोकिएको अन्तिम मितिसम्म पनि सरकार बनाउन नसकेपछि यस्तो स्थिति आएको हो। यसै वर्षको अप्रिलमा पनि इजरायलमा संसदको निर्वाचन भएको थियो।

 

प्रकाशित: Dec 12, 2019| 12:03 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।