शनिबार, कात्तिक २९, २०८२

बाहुबलीभन्दा भव्य ‘हिरण्यकश्यप’

फिल्म ‘बाहुबली’का कारण बलिउडमा चर्चाको शिखरमा पुगेका राणा दग्गुबातीले ‘बाहुबली’ भन्दा पनि भव्य फिल्म बनाउने भएका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६


फिल्म ‘बाहुबली’का कारण बलिउडमा चर्चाको शिखरमा पुगेका राणा दग्गुबातीले ‘बाहुबली’ भन्दा पनि भव्य फिल्म बनाउने भएका छन्।

National life

उनले १८० करोडमा ‘हिरण्यकश्यप’ बनाउन लागेका हुन्। यो फिल्मको घोषणा दुई वर्षअघि नै गरिएको थियो।

त्यसपछि यसबारे केही चर्चा थिएन। फिल्म बनाउने कुरा हल्लामै सीमित रह्यो भन्ने शंका थियो।

तर अहिले दग्गुबाती आफैंले फिल्म नरोकिएको बताएका छन्। 

उनले फिल्ममा नयाँ प्रविधिको प्रयोग गर्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

उनले भनेका छन्, ‘यस्तो प्रविधि देशमा पहिलोपटक देखा पर्नेछ। यसका लागि मलाई एउटा थ्रिडी कम्पनीले पनि साथ मिलेको छ ।’

उनले फिल्मको छायांकन सातआठ महिनापछि हुने बताएका छन्  

२५० करोड भन्दा बढी लागतमा निर्माण भएको फिल्म ‘बाहुबली’ सबैभन्दा मंहगो भारतीय फिल्म हो। यसले बक्स अफिसमा धमाका मच्चाएको थियो।

एकैसाथ पाँच भाषामा प्रदर्शनमा आएको फिल्मलाई हिन्दीमा खुबै मन पराइएको थियो।

प्रकाशित: Dec 12, 2019| 09:57 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्