सोमबार, भदौ १, २०८३

एनसीसी बैंकले ऋणपत्र निष्काशन गर्ने

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १०.५० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ । उक्त कार्यको लागि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

प्रकाशित: Dec 12, 2019| 09:11 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्