आइतबार, असोज १८, २०८३

राजदूत भण्डारी र कुवेतका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका सहायक विदेश मामिला मन्त्री धारी अज्रान अलअज्रानबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका सहायक विदेश मामिला मन्त्री धारी अज्रान अलअज्रानबीच भेटवार्ता भएको छ। उनीहरुबीच कुवेतको विदेश मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो।

भेटमा नेपाल तथा कुवेतमा कोरोनाको वर्तमान अवस्था, यसले पारेका असर, नेपाली कामदारहरुको हकहितलगायतका विषयमा छलफल भएको थियो।

त्यस्तै भेटमा नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धिका विविध विषयमा कुराकानी भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा नेपाली राजदूतावासका अन्य अधिकारी तथा कुवेतको विदेशमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको दूतावासले जनाएको छ।

प्रकाशित: Jul 29, 2021| 13:44 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...