शुक्रबार, जेठ १, २०८३

२५० पत्रकार जेलमा, २४ मारिए, ६४ बेपत्ता

यस वर्ष विश्वभर कम्तीमा २५० पत्रकार जेलमा परेका, २४ पत्रकार मारिएका र ६४ पत्रकार हराइरहेका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं-  यस वर्ष विश्वभर कम्तिमा २५० पत्रकार जेलमा परेका, २४ पत्रकार मारिएका र ६४ पत्रकार हराइरहेका छन्।

National life

पत्रकारहरुको सुरक्षाका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था कमिटी टू प्रोटेक्ट जर्नलिस्ट (सीपीजे) को हालै सार्वजनिक प्रतिवेदनका अनुसार विश्वभर कैयौं पत्रकारले समाचार लेखेकै कारण ‘राजद्रोह’ को सामना गर्नु परेको छ।

सीपीजेको रिपोर्टका अनुसार अत्यधिक समाचार सेन्सर हुने र पत्रकार असुरक्षित रहेका प्रमुख १० देशहरुमा टर्की, साउदी अरब, इजिप्ट, इरिट्रिया, भियतनाम, इरान, चीन, उत्तर कोरिया, इरान, क्युबा, बेलारुस र इक्वाटेरियल गिनिया छन्।

प्रतिवेदनले चीनमा सबै भन्दा धेरै ४८ जना पत्रकार जेलमा रहेको उल्लेख गरेको छ । त्यस्तै टर्कीमा ४७ जना पत्रकार जेलमा छन् । गत वर्ष टर्कीमा ६८ जना पत्रकार जेलमा थिए।

टर्की सरकारले १०० भन्दा धेरै समाचार आउटलेट बन्द गराएको छ भने कैयौं पत्रकारहरुले आतंकवाद सम्बन्धी मुद्दा खेप्नु परेको छ।
साउदी अरबको जेलमा रहेका १८ जना पत्रकारविरुद्ध कुनै आरोप खुलाइएको छैन।

सीपीजेले कुनै पनि पत्रकार समाचार लेखेकै आधारमा जेलमा बन्द हुने अवस्थाको भर्त्सना गरेको छ।

 

 

 



प्रकाशित: Dec 12, 2019| 05:45 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।