शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्‍तानको अस्पतालमा वकिलको हिंस्रक प्रदर्शन, १२ बिरामीको मृत्यु, २५ चिकित्सक घाइते

पाकिस्‍तानको अस्पतालमा वकिलको हिंस्रक प्रदर्शन, १२ बिरामीको मृत्यु, २५ चिकित्सक घाइते

पाकिस्‍तानको लाहोरस्थित एक अस्पतालमा वकिलको तोडफोडका कारण १२ बिरामीको ज्यान गएको छ भने २५ चिकित्सक घाइते भएका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– पाकिस्‍तानको लाहोरस्थित एक अस्पतालमा वकिलको तोडफोडका कारण १२ बिरामीको ज्यान गएको छ भने २५ चिकित्सक घाइते भएका छन्।

National life

समाचार एजेन्सी एएनआईका अनुसार लाहोरस्थित पन्जाव इस्टिच्युट अफ कार्डियोलोजीको आकस्मिक कक्षमा वकिलले तोडफोड गरेका हुन्।

पन्जावकी स्वास्थ्यमन्त्री यासमिन राशिदका अनुसार अस्पतालमा भएको हिंस्रक प्रदर्शनमा दुई सयभन्दा बढी वकिल सहभागी थिए। वकिलले सरकारी सम्पत्तिमा नोक्सान पुर्याएको र एक पुलिसको गाडीसहित दर्जनौं गाडीमा आगजनी गरेको उनले बताए। उनका अनुसार वकिलले आकस्मिक कक्षमा जडित मेसिन पनि नष्ट गरेका छन्।

वकिलको प्रदर्शनका कारण अस्पतालमा गम्भीर बिरामी अस्पताल पुग्न नपाएका र अस्पतालमा भर्ना भएका बिरामीले गम्भीर समस्या भोगेका थिए।

एएनआई

प्रकाशित: Dec 12, 2019| 04:48 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।