शनिबार, साउन १६, २०८३

१६ वर्षीया ग्रेटा बनिन् ‘टाइम वर्ष व्यक्ति’

यस वर्षको ‘टाइम वर्ष व्यक्ति’ को उपाधि जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गले पाएकी छन्।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं- यस वर्षको ‘टाइम वर्ष व्यक्ति’ को उपाधि जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गले पाएकी छन्।

चर्चित टाइम म्यागजिनले प्रदान गर्ने यो उपाधि विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिले पाउने गरेका छन्।

यो उपाधि प्राप्त गर्दा ग्रेटाले लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी छन्।

टाइम वर्ष व्यक्तिका लागि प्रारम्भिक १० जनाको सूचीमा ग्रेटासति ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी परेका थिए।

हरेक वर्ष टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी एउटा सम्मेलनमा दिएको मन्तव्यले ग्रेटालाई विश्वभर चर्चित बनाएको थियो।

प्रकाशित: Dec 11, 2019| 14:57 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।