सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको पदावधि सकिने समाचारले सेयर बजार उकालोतिर

अर्थमन्त्रीको पदावधि सकिने समाचारले सेयर बजार उकालोतिर

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद माघमा सकिँदै भन्ने समाचार बाहिर आएपछि सेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । साताको सुरुवातदेखि नै अर्थमन्त्रीको अवधि सकिन लागेको समाचारहरु बाहिरिन थालेपछि बजार उकालो लाग्न थालेको हो ।

साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको बजार सोमबार एकैपटक १३ अंक भन्दा बढीले उकालो लागेको थियो । त्यस्तै मंगलबार सामान्य सुधार भएको बजार बुधबार १०.११ अंकले उकालो लागेको छ ।

अर्थमन्त्रीसँग अत्यधिक नकारात्मक धारणा बनाएका लगानीकर्ताहरुले अर्थमन्त्रीको कार्यकाल यही माघमा सकिने समाचार बाहिर आएपछि बजारमा लगानी गर्न थालेको बताइएको छ ।

सामान्यतयाः नेपालको सेयर बजारका लगानीकर्ताहरु कम्पनीको मिहिन विश्लेषण गर्न भन्दा पनि हल्लाको पछाडि लागेर दोस्रो बजारमा लगानी गर्ने गरेका छन् ।

बुधबार उत्पादनमूलक बाहेक अन्य सम्पुर्ण समूहगत परिसूचक उकालो लागेको छ । बजारमा बैकिङ समूहको समूहगत परिसूचक ४.२७, ट्रेडिङ समूहको २९.५६, होटल २२.७९, विकास बैंक १६.८, जलविद्युत ६.२, फाइनान्स ६.२४, निर्जीवन जीवन बीमा ११३.१३, अन्य ५.१४, लघुवित्त ५७.०८, जीवन बीमा कम्पनी ७९.२८ र म्याचुअल फन्ड ०.०२ अंकले उकालो लागेको नेप्सेले जनाएको छ ।

यसदिन दिनभर २० लाख ४३ हजार कित्ता सेयर ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबैभन्दा बढी नेपाल बंगलादेशको प्रमोटर सेयरको कारोबार भएको छ । त्यस्तै नेपाल बैंक, लुम्बिनी विकास बैंक, एनएमबी बैंक लगायतका कम्पनीको धेरै कारोबार भएको छ ।

त्यस्तै यसदिन नेपाल सेवा लघुवित्त वित्तिय संस्था, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, गणपति माइक्रोफाइनान्स वित्तिय संस्था, नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । यसरी लघुवित्तका सेयरधनीहरुले कमाएको पछिल्लो तीन महिनामा पहिलो पटक हो ।

त्यस्तै यसदिन युनिलिभर, युनिभर्सल पावर कम्पनी, नेपाल बंगलादेश बैंकको प्रमोटर सेयरको मुल्य घटेको छ । जसका कारण यी कम्पनीका लगानीकर्ताहरुले आज आफ्नो सम्मत्ति गुमाएका छन् ।

 

प्रकाशित: Dec 11, 2019| 11:28 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्