सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओपोले ‘रिसर्च एन्ड डेभलपमेन्ट’मा ७ बिलियन डलर लगानी गर्ने

ओपोले ‘रिसर्च एन्ड डेभलपमेन्ट’मा ७ बिलियन डलर लगानी गर्ने

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– ‘क्रिएट वियोन्ड बाउन्डरिज’ थिम सहित ओपोले शनचनमा इन्टेलिजेन्ट कनेक्टिभिटीको युगका लागि आफ्नो अन्तरदृष्टि र पहलहरु प्रदर्शन गर्दै ओपो इन्नो डे २०१९ आयोजना गरेको छ ।

कार्यक्रममार्फत् ओपोले स्मार्ट वाचे, स्मार्ट हेडफोन, फाइभजी सीपीई, एआर ग्लासलगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्याश चार्जिङ, फाइभजी, इमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरुमाथि पनि प्रकाश पारेको थियो ।

‘फाइभजी अंगीकरण र एआईको व्यापकताका साथमा कनेक्टिभिटी सर्वसुलभ हुने तगारोमा पुगेको छ । कनेक्सनको अवधारणा जगमात्र हो, जबकी एकीकरण र वस्तुहरुका अभिसरण भने भविवय हुने हाम्रो विश्वास छ,’ कि नोट स्पिच प्रस्तुत गर्दैै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले भने ।

आउँदो तीन वर्षमा फाइभजी, सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका लागि मूल प्रविधि विकासका लागि छनले आरएमबी ५० बिलियन (करिब ७ बिलियन डलर) आरएण्ड डी बजेटको घोषणा गरेका छन् ।

प्रकाशित: Dec 11, 2019| 07:49 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्