सोमबार, भदौ १, २०८३

एनआईसी एशिया लघुवित्तको दोस्रो साधारणसभा सम्पन्न

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष अर्जुनराज खनियाको अध्यक्षतामा ट्रेड टावर थापाथलीमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व. २०७५–७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

ढकालले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनियालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: Dec 11, 2019| 04:50 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्