शनिबार, साउन १६, २०८३

धेरै बच्चा जन्माउनेलाई अवार्ड

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

एजेन्सी– कतिपय मुलुकले धेरै बच्चा हुने बाबुआमालाई सहुलियत दिने गरेको पाइन्छ। तर, कजाकस्थानमा भने धेरै बच्चा जन्माउने आमालाई सेवा–सुविधासँगै पुरस्कार नै दिने गरिएको छ। महिलाहरु बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित हुन् भनेर यस्तो अवार्ड दिने गरिएको हो। 

जन्मदर उच्च बनाउने आमालाई त्यहाँ ‘हिरो मदर’को नाममा पुरस्कृत गरिन्छ। ६ जना बच्चा जन्माउने महिलालाई रजत र सात वा त्यसभन्दा बढी बच्चा जन्माउनेलाई स्वर्ण पदक दिने गरिएको छ। पदक प्राप्त गर्ने आमाले जीवनभर सरकारबाट अन्य सुविधा पनि पाउँछन्। चार वा त्योभन्दा बढी बच्चा पाउनेले पदक नपाए पनि बच्चाहरु २१ वर्ष नपुगुन्जेल सरकारबाट आर्थिक सहयोग पाउँछन्।

कजाकस्थान सरकारले जन्म दर उच्च बनाउने कुरालाई अहिले उच्च प्राथिमकतामा राखेको छ। ‘अहिले हरेकले कसरी बढी बच्चा जन्माउने बारे कुरा गरिरहेका छन्। हामीलाई जनसंख्या बढाउनु छ जसरी पनि,’ श्रम तथा सामाजिक कार्यक्रम विभागका प्रमुख अकास्ना इलुसेजोभाले भने।

सन् १९४४ मा तत्कालीन सोभियत युनियनमा पनि ‘मदर हिरोेइन’ नामको यस्तै अफर थियो, जसमा १० वा त्योभन्दा बढी बच्चा हुने परिवारलाई विभिन्न सुविधा दिइन्थ्यो ।

 

प्रकाशित: Dec 11, 2019| 04:38 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।