शनिबार, कात्तिक २९, २०८२

ट्रेलरमा यस्तो देखियो दीपिकाको ‘छपाक’

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा दीपिकाले एसिड पीडित युवतीको भूमिका निभाउँदै छिन्।

National life

मेघना गुलजारको निर्देशनमा बनेको चलचित्रमा दीपिकासँगै अभिनेता विक्रान्त मस्से पनि मुख्य भूमिकामा छन्। चलचित्र आगामी जनवरी १० मा हलमा आउँदैछ।

ट्रेलर रिलिजको विशेष शोमा पुगेकी अभिनेत्री दीपिकाले छपाक उनले अहिलेसम्म गरेको चलचित्रमध्ये सबैभन्दा गाह्रो भएको प्रतिक्रिया दिइन्।

रिलिज ट्रेलरमा एसिड प्रहारको घटनापछि पीडित महिलाले भोग्नुपर्ने मानसिक पीडालाई चित्रण गर्दै त्यसपछि उसले आफूमा ल्याएको हौसला र सकारात्मक परिवर्तनलाई देखाउन खोजिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2019| 10:20 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्