सोमबार, भदौ १, २०८३

मानव विकास सूचकांकमा नेपाल माथि उक्लियो

मानव विकास सूचकांकमा नेपालको स्तर दुई अंक माथि उक्लिएको छ। गत वर्षको तुलनामा यस वर्ष (सन् २०१९) मा नेपालको स्तर २ अंकले उक्लिएको हो।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - मानव विकास सूचकांकमा नेपालको स्तर माथि उक्लिएको छ। 

गत वर्ष १५९ औं स्थानमा रहेको नेपाल यस वर्ष १४७ औं स्थानमा उक्लिएको छ। नेपालसँगै केन्या १४७ औं स्थानमा छ।

मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्। सूचकांकको अन्तिममा नाइजेरिया छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्छ।

प्रकाशित: Dec 10, 2019| 08:52 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्