बुधबार, चैत ६, २०८१

प्रदेश २ का ११ सांसद एकीकृत समाजवादीका पक्षमा

नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

जनकपुरधाम- नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्। जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालय पुगेर एमालेका १० जना प्रदेश २ का प्रदेशसभा सदस्यले एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन्। 

health

बिहीबार १० जना प्रदेशसभा सदस्य सशरीर उपस्थित भएर सनाखत गराएका हुन् भने एक जना अस्वस्थ भएकाले निवर्गाचन आयोगमा निवेदन पठाएर पत्र मार्फत सनाखत गराउने बताइएको छ ।  

सनाखत गराउने प्रदेशसभा सदस्यहरुमा मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, शत्रुधन महतो, रबिन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, बेची लुंगेली, अशोक यादव र प्रमोद यादवले सनाखत गराएका हुन् । 

प्रदेशसभा सदस्य डिल्ली उप्रेती क्यान्सर पीडित रहेको र स्वास्थोपचारको क्रममा नयाँ दिल्लीमा रहेको र उताबाट उनको निवेदन आए लगत्तै सनाखत गराइने नेकपा एकिकृत समाजवादी पार्टीका नेता शत्रुधन महतोले जानकारी दिए । 

त्यस्तै सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुंगले आइतबार सनाखत गराउने उनले बताए ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।