बिहीबार, चैत १२, २०८२

ग्रामीण बस्तीका स्कुल सुनसान

बालबालिकाहरु मंसिर लागेसँगै धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

महोत्तरी- धान काट्ने चटारो सुरु भएपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय सुनसान छन्।

National life

मंसिर लागेसँगै बालबालिकाहरु धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ।

ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका बालबालिका अध्ययन गर्छन्।

आमाबाबु धान काट्न हिँड्ने भएपछि नानीहरु लोडहा खोज्न (धान काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला संकलन गर्ने काम) जाने गरेपछि विद्यालय सुनसान भएको शिक्षकहरुको भनाइ छ।

“हाम्रो विद्यालयका विद्यार्थी नै दलित समुदायका मुसहर, बाँतर, चमार, खत्वे, दुसाध र जनजाति समुदायका गरिब थारू समुदायका छन्”, भङ्गाहा नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रघुवीर साहले भने, “धान कटनी सुरु भएपछि ती समुदायका नानीहरु खेततिर व्यस्त छन् ।”

Laxmi sunrise bank
kumari

भङ्गाहाका नौ वडा बस्तीमा सात माध्यमिक र २३ आधारभूतसहित ३० सामुदायिक विद्यालय छन्।

औरही नगरपालिकाको टिम्कियास्थित आधारभूत विद्यालय, लोहारपट्टी नगरपालिकाको पिपराढी तथा खुट्टास्थित विद्यालय र बलवा नगरपालिकाको भगवतीपुरस्थित विद्यालय पनि पढ्न आउने विद्यार्थी घट्दा मङ्सिरभरि सुनसान हुने गरेका छन्।

मटिहानी नगरपालिका–९ सिमरदही, सम्सी गाउँपालिकाका विद्यालय र सोनमा गाउँपालिकाका सामुदायिक विद्यालय पनि अहिले सुनसान छन्।

“हामीले अब नानीहरु पढ्न पठाउनु पर्छ भन्ने बुझेका छौँ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगलासादा मुसहर भन्छन्, “तर मङ्सिर महिना धान काटेर राम्रो पारिश्रमिक पाइने महिना हो, यही बेला कमाएर राखेको धानले वर्षभरि गुजारा चलाउन पर्छ। त्यसैले यो महिनाभरिचाहिँ नानीहरु हाम्रो सहयोगमा हुने गरेका छन्।”

मुसहर र बाँतर जाति समुदायका बालबालिका मङ्सिर लागेसँगै धान काटिएको खेतमा शिला खोजेर सङ्ग्रह गरिएको धान बेचेर मनपर्ने कुरा किनेर खान रमाउने गर्छन्।

कृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा नियमित विद्यालय जान सक्दैनन्। रासस

प्रकाशित: Dec 10, 2019| 04:30 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्