सोमबार, भदौ १, २०८३

भोलि (२४ गते) जोर नम्बरका सवारी साधन मात्र चल्ने

१३औँ दक्षिण एसियाली खेलकुद सागको समापनको दिन मंसिर २४ गते जोर काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी साधनमात्र चलाउन पाइने भएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद सागको समापनको दिन मंसिर २४ गते जोर काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी साधनमात्र चलाउन पाइने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध मार्फत् २४ गते मंगलबार सागको समापन समारोह हुने र जाम धेरै हुन सक्ने भन्दै जोर नम्बरका सवारीसाधन मात्र चलाउन आग्रह गरेको हो।

यसअघि साग खेलकुदको उद्घाटनका दिन मंसिर १५ गते विजोर नम्बरका सवारी साधनमात्र सञ्चालन गरिएको थियो।

यस्तो छ ट्राफिक प्रहरी महाशाखको अनुरोध

१. मंसिर २४ गतेसमापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुदसम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन।

२. ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन।

३. दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन।

४. २४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन।

५. सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन।

६. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन।

७. हर्नलाई पूर्ण रूपलेनिषेध गर्नुहुन।

८. ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुहुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन।

९. ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्न हुन ।

प्रकाशित: Dec 09, 2019| 14:25 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।